Kathmandu Press

शुभयात्रा विश्व साइकल अभियान सुरु

काठमाडाैं, वैशाख १ : जलवायु परिवर्तनले पारेका प्रभावलाई न्यूनीकरण गर्न विश्वको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियान सुरु गरिएको छ।साइकलयात्री शुभप्रसाद...
शुभयात्रा विश्व साइकल अभियान सुरु

काठमाडाैं, वैशाख १ : जलवायु परिवर्तनले पारेका प्रभावलाई न्यूनीकरण गर्न विश्वको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियान सुरु गरिएको छ।

साइकलयात्री शुभप्रसाद शर्माले विश्वका विभिन्न देशमा साइकलयात्रा गर्न लागेका हुन्। यात्राका क्रममा नेपालको झन्डा बोकेर भारत, बंगलादेश, म्याम्मार हुँदै अन्य देश जाने शर्माले जानकारी दिए।

अभियानका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकलयात्रा तय गरिएको उनले बताए।

उनले आउँदा दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोग बन्द गर्नुपर्नेमा जोड दिइने जानकारी दिए। शर्माले अनुमानित ५ वर्षको अवधिलाई भ्रमण समय मानेर यात्रा सुरु गरिएको बताए।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्