Kathmandu Press

बिस्का जात्राअन्तर्गत भेलुखेलमा ठड्याइयाे योसिं: द्यो

बिस्का जात्राअन्तर्गत भेलुखेलमा ठड्याइयाे योसिं: द्यो

भक्तपुर, वैशाख १ : भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलमा योसिं: द्यो ठड्याइएको छ।

बिस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं: द्यो उभ्याउने गरिन्छ । तर मध्यरातिसम्म योसिं: द्योलाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो। ५५ हाते योसिंः द्योलाई आजै साँझ ढालिन्छ।

अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फहराइन्छ। त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ। जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ। लिंगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो।

भैरवनाथको प्रतिक मानिने लिंगाेको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिंगाेको कोखमा झुण्ड्याउने चलन छ। यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ।

यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ। लिङ्गो ठड्याउन बाँधिएका ८ वटा डोरीलाई अष्टमात्रिककको प्रतिक मानिन्छ।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्