Kathmandu Press

महावीर जैनको २६२१औं जन्म कल्याणक महोत्सव मनाइयो

महावीर जैनको २६२१औं जन्म कल्याणक महोत्सव मनाइयो

काठमाडाैं, वैशाख १ : भगवान् महावीर जैनको २६२१औं जन्म कल्याणक महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ।

यस अवसरमा नेपाल जैन परिषद्ले आयोजना गरेको कार्यक्रममा धर्मको आध्यात्मिक पक्ष प्रायः गौण भइसकेको अवस्थामा राजकुमारका रूपमा जन्मेका महावीरले दिएको दर्शन जैन धर्मका रूपमा स्थापित भएको जानकारी गराइएको छ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कर्म देखाएर मात्र नहुने उल्लेख गर्दै आचरणमा लागू गर्नुपर्ने बताए। शान्ति, मानवता, दीनदुःखीका पक्षमा लाग्ने महावीरको विचार आज पनि सान्दर्भिक रहेको उनको भनाइ छ। 

Hardik ivf

'कम्युनिष्टका नाममा मन्दिर र मस्जिद, भत्काउने, गुरु, पुरोहितको बेइज्जत गर्ने असल कम्युनिष्ट होइनन्,' उपाध्यक्ष पोखरेलले भने। 

कार्यक्रममा पूर्वराज्यमन्त्रीद्वय मोतीलाल दुगड र रामवीर मानन्धर, आचार्य श्री महाश्रमणकी विदुषी शिष्या समणी निर्देशिका श्री मधुप्रज्ञा, समणी श्री शुभप्रज्ञा, समणी श्री मनन प्रज्ञा, स्वस्ति श्री लक्ष्मीसेन भट्टारक, परिषद्का अध्यक्ष महेन्द्रकुमार जैन, महासचिव नवरत्नकुमार जैन, कार्यक्रम संयोजक सुमित जैनलगायतले महावीर जैनले आध्यात्मिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

जैन धर्मका २४औँ तीर्थङ्कर श्रमण भगवान् महावीर स्वामीको परम्पराका आचार्य श्री भद्रवाहु स्वामीले नेपालको हिमालयको गुफामा १२ वर्षसम्म साधना गरेको प्रामाणिक इतिहास रहेको बताइन्छ। उनलाई प्राप्त महाज्ञान प्राप्त गर्न भारतबाट ५०० जैन साधु नेपाल आएका थिए।

पाँच सय साधुले सिकेर लिपिबद्ध गरी जैन ग्रन्थ निर्माण गरेको विश्वास गरिन्छ। जुन ग्रन्थ अहिले आगमका नाममा प्रसिद्ध छ। नेपालका जैन धार्मिकस्थलमध्ये कमलपोखरी काठमाडौँमा अवस्थित भगवान् महावीर जैन निकेतन परिसरमा जैन धर्मका सबै सम्प्रदायका पूजास्थल छन्।

भगवान् महावीवर स्वामी जैन श्वेताम्बर मन्दिर, भगवान् आदिनाथ दिगम्बर जैन मन्दिर र जैन श्वेताम्बर तेरापन्थ कक्ष प्रमुखरूपमा रहेका छन्।

जैन धर्ममा राग र द्वेष विजेतालाई जिन भनिन्छ। जिनहरुद्वारा प्रवद्र्धित धर्मलाई जैन धर्म भनिन्छ। जैन धर्ममा कुनै एउटा व्यक्ति विशेषको पूजाअर्चना नगरी यस लोकमा भएका सम्पूर्ण अरिहन्त, सिद्ध, आचार्य, उपाध्याय र साधुलाई आदर्श मानी आफैँलाई जिन बनाउने बाटोमा लागिन्छ।

परिषद्ले भगवान् महावीरका सिद्धान्त अहिंसा, अपरिग्रह, अनेकान्त आदि जीवन्त उपदेशको प्रचारप्रसार, संवद्र्धन र प्रवद्र्धनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ।

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्