वसन्त याममा सगरमाथा आरोहणका लागि उल्लेख्य
काठमाडौ., वैशाख १ : वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ। हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक...
काठमाडौ., वैशाख १ : वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ। हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन्।
कोभिड–१९ महामारीपछि बिस्तारै पर्यटन क्षेत्र तङ्ग्रिने क्रममा छ। पर्यटनको महत्वपूर्ण पाटोका रुपमा रहेको पर्वतारोहणमा पनि केही उत्साह देखिएको छ। यस याममा विशेषगरी पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउँछन्।
आन्तरिक पर्यटक पनि उत्तीकै सङ्ख्यामा गन्तव्य भ्रमणमा निस्कन्छन्। यतिखेर पर्वतारोहणका मुख्य सिजन पनि भएकाले आरोही उल्लेख्य सङ्ख्यामा आइरहेका हुन्। हिमाल आरोहणका लागि निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ।
यस वर्ष (सन् २०२२) को वसन्त याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा आरोही आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ। हिमाल आरोहणबाट हालसम्म रु ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ।
४५ देशका आरोही
सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोही धमाधम अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४५ देशका ५६ पुरुष र १९४ गरी कुल २५० आरोही आएका छन्।
सगरमाथा हिमालबाट मात्रै रु ३१ करोड बढी रोयल्टी संकलन भएको छ। अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ।
हिमाल आरोहणमा निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एव्म वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि केही उत्साह थपिएको बताउनुभयो । “अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर, विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो । पर्वतारोही विस्तारै बढिरहेका छन्”, उहाँले भन्नुभयो ।
सगरमाथामा कति आरोही
वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्न सक्ने विभागको अनुमान छ। अप्रिल पहिलो सातादेखि मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ। व्यवसायी शेर्पाका अनुसार विगत वर्षको तुलनामा सगरमाथा आरोहणमा आरोहीको सङ्ख्या घटेको छ।
सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए। हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुबै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोहीको सङ्ख्या ४०० को हाराहारीमा थियो । एकिन तथ्याङ्क नभएपनि हालसम्म सगरमाथाको करिब ८ हजार आरोहीले आरोहण गरिसकेको बताइएको छ ।
अहिलेसम्म कामीरिता शेर्पाले सगरमाथाको २५ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएको छ। शेर्पाले सन् २०२१ मा यसअघिको आफ्नै २४ पटकको कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउनुभएको थियो। सेभेन समिट ट्रेक्स प्रा।लि।का प्रवन्ध निर्देशक मिङ्मा शेर्पाले वसन्त यामको आरोहण उत्साहवद्र्धक रहेको बताए।
सेभेनसमिट ट्रेकबाट मात्रै हालसम्म १५० विदेशी आरोही आरोहणमा गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ६० जना आरोही छन्। यो कम्पनीबाट अघिल्लो वर्षको वसन्त आरोहणमा १०० विदेशी आरोहीले सगरमाथा आरोहणमा गएका थिए।
अबको दुई महिनासम्म आरोही आउने भएकाले यस याममा पर्वतारोहीको सङ्ख्या बढ्ने उनको भनाइ छ। उनले भने, 'कोभिडपछि राम्रै पिकप लिएको छ। यस वर्षको आरोहण उत्साहवर्धक हुने देखिन्छ।' यो वर्ष विदेशी आरोही मात्रै ४०० हाराहारीले सगरमाथा आरोहण गर्ने एक्पिडिसन कम्पनीको अनुमान छ।
कुन हिमालमा कति आरोही?
यस यामको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोही धमाधम आरोहण अनुमति लिएर गन्तव्यतिर निस्किरहेका छन्। अहिलेसम्म सगरमाथा ९८८४८।८६ मिटर० आरोहणका लागि मात्रै ३१ समूहका २५० आरोहीले अनुमति लिएका छन्। त्यस्तै माउन्ट ल्होत्से ९८५१६ मिटर० आरोहणका लागि नौ समूहका ६४ आरोहीले अनुमति लिएका छन्। अमादब्लम ९६८१४ मिटर० आरोहणका लागि ६ समूहका ६५ आरोहीले अनुमति पाएका छन्। कञ्चनजङ्घा ९८५८६ मिटर० आरोहणका लागि समाज ५ समूहका ६१ आरोहीले अनुमति लिएका छन् । नुस्से ९७८५५ मिटर० मा ५ समूहका ३८ आरोही छन्।
त्यसैगरी अन्नपूर्ण ९८०९१ मिटर० आरोहणा लागि ४ समूहका २६, धौलागिरी ९८१६७ मिटर० आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन्। मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।











