Kathmandu Press

अख्तियारमा बाराका उजुरी बढी

अख्तियारमा बाराका उजुरी बढी
Hardik ivf

काठमाडौं, वैशाख १ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन्। सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा ३६ उजुरी परेका छन् । चालु आव २०७८÷८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जनाएको छ। गत आव र चालु आवमा ३७ उजुरी फर्छ्यौट गरिएको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिकामा गत आव र चालु आवमा गरी ५४ उजुरी परेका छन् । यिमध्ये २९ उजुरी फछ्र्योट गरिएको  । आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छन्। बाराबाट ३०४ उजुरी परेकामा १७५ फछ्र्योट गरिएको आयोगले जनाएको छ।  

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्