Kathmandu Press

लुम्बिनी प्रदेश प्रमुखद्वारा नयाँ वर्षको शुभकामना

रूपन्देही, वैशाख १ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७९ प्रारम्भसँगै राजनतिकि दलबीच समन्वय र समझदारी कायम हुने बताएका छन्। प्रदेश...
लुम्बिनी प्रदेश प्रमुखद्वारा नयाँ वर्षको शुभकामना

रूपन्देही, वैशाख १ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७९ प्रारम्भसँगै राजनतिकि दलबीच समन्वय र समझदारी कायम हुने बताएका छन्। 

प्रदेश प्रमुख शेरचनले राजनीतिक दलबीच राजनितिक स्थिरता र स्थायित्व कायम होस भन्ने जनताको चाहनासहितको समृद्धिको यात्रामा अगाडि बढाउन नयाँ वर्षमा समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्ष २०७९ को अवसरमा प्रदेश प्रमुख शेरचनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुलुकको अग्रगामी निकासका लागि सबै राजनैतिक दलकाबीच दृढ सङ्कल्प आवश्यक रहेको उल्लेख गरे। 

आउँदो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ ढंग र अग्रगामी प्रगतिशिल सोचबाट जनतालाई अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने समेत उनले विश्वास व्यक्त गरे।

विधि नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कारको विकासमा अभिप्रेरित हँुदै विधिलाई लोकतान्त्रिक पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे। 

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्