स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
बारा, वैशाख १ : बारामा आज (बिहीबार) बिहान स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-११ बस्ने २५...
बारा, वैशाख १ : बारामा आज (बिहीबार) बिहान स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईं रहेको प्रहरीले जनाएको छ।
पूर्व-पश्चिम लोक राजमार्ग सडकखण्डको आधाभार जंगलमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा१९च ४३७७ नम्बरको स्कर्पियो आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।
अन्य १३ जनामध्ये एक जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेको र उनीहरुको वीरगञ्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।
प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












