चिनियाँ राष्ट्रपति सी मध्याह्न १ बजे स्वदेश फर्कने
काठमाडौं, असोज २६ : नेपालमा भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज मध्याह्न १ बजे स्वदेश फर्कने भएका छन्।
दुई दिने नेपाल भ्रमणका क्रम....
काठमाडौं, असोज २६ : नेपालमा भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज मध्याह्न १ बजे स्वदेश फर्कने भएका छन्।
दुई दिने नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले उच्चस्तरीय भेटवार्ता गरेका छन। स्वदेश फर्कनु अघि आज बिहानैदेखि उनी भेटघाटमा व्यस्त रहेका छन्।
राष्ट्रपति सीले केहीवेरमा नेकपा सचिवालय सदस्यहरूसँग सामुहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। होटल सोल्टीमा आयोजना हुने भेटवार्तामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वका नेकपाका सचिवालय सदस्यहरू सहभागी हुनेछन्।
त्यसपछि राष्ट्रपति सी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुने जनाएको छ।
आजै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डले राष्ट्रपति सीसँग भेटवार्ता गर्ने तय भएको छ। भेटवार्तासँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने जनाएको छ।
यस अघि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति सीबीच भेटवार्ता भएको थियो। राष्ट्रपति भण्डारी भेट्न चिनियाँ राष्ट्रपति सी शितलनिवास पुगेका थिए।
त्यस्तै, राष्ट्रपति सीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका थिए। शनिबार साँझ होटल सोल्टीमा सीसँग देउवाको भेटवार्ता भएको थियो।
शनिबार साँझै नै राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना गरेकी थिइन्।
चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएको हो।






