भरुवा बन्दुक पड्किर युवकको मृत्यु
बारा, वैशाख १ : भरुवा बन्दुक पड्किर बुधबार राति बारामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय...
बारा, वैशाख १ : भरुवा बन्दुक पड्किर बुधबार राति बारामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जंगली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए।
उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताए। उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












