सहमति जुट्न नसक्ने स्थानमा तालमेल हुँदैन, केन्द्रले हस्तक्षेप गर्न मिल्दैन : गगन थापा
काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा गठबन्धनको सहमति जुट्न नसके तालमेल नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेस काठमाडौंमा आयोजित शुभकामना...
काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा गठबन्धनको सहमति जुट्न नसके तालमेल नहुने बताएका छन्।
बिहीबार नेपाली कांग्रेस काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले स्थानीय तहमा तालमेलको अधिकार स्थानीय कमिटीलाई नै भएका कारण सहमति जुटेको अवस्थामा मात्रै तालमेल हुने बताएका हुन्।
उनले सहमति नजुटेको अवस्थमा पनि तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने समेत बताएका छन्। थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन्।
उहाले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि उनले बताए। थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुनकुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको आरोप लगाए । गठबन्धनको बिरोधमा अभिव्यक्ति दिनेओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको उहाको भनाई छ ।
थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले टिकट आशामा रातारात दल परिवर्तन गरिरहेको तर्क गरे।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन्।
गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै उनले दलहरुका बिचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताएका हुन्। स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले प्रष्ट पारे।
महामन्त्री थापाले व्यक्तिगत रुपमा आफू तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको बताए। उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दीर्घकालिन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन। चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो। मत राखेँ। तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु मान्नुपर्छ,’ उनले भने, 'गठबन्धनमा रहेका दलहरुका बिचमा देशैभरी अहिले छलफल चलिरहेको छ। छलफल चल्छ। छलफल चल्दै गर्दा खेरी कुराकानी मिल्यो तालमेल हुन्छ। कुराकानी मिलेन, तालमेल हुँदैन। कुराकानी मिलेन भनेदेखि आ–आफू लड्न पाइन्छ। लड्न पाउनुपर्छ। स्थानीय पार्टीका नेताहरुले ठिक छ भनेर भन्नुभयो हुन्छ।'











