Kathmandu Press

दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा

काठमाडौं, वैशाख १ : नयाँ वर्ष ‘२०७९’ को अवसरमा वैशाख ३ गते काठमाडौंको दरबारमार्गमा आयोजना गर्न लागिएकोे १५औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको...
दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा

काठमाडौं, वैशाख १ : नयाँ वर्ष ‘२०७९’ को अवसरमा वैशाख ३ गते काठमाडौंको दरबारमार्गमा आयोजना गर्न लागिएकोे १५औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।  

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ मूल नारा सहित यो महोत्सव आयोजना हुन लागेको हो।  

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा उक्त महोत्सव आयोजना हुन लागेको हो। 
आन्तरिक पर्यटनलाई प्रवर्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ।  

Hardik ivf

सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार बिहान ११ः४५ बजे हुनेछ। गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध मनोरञ्जनात्मक गतिविधिहरूका साथै बेलुका ८ः१५ बजेसम्म सञ्चालन गरिने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षणहरू हुन्। 

महोत्सवमा दीपक बज्राचार्य, कबवेब, समृद्धि राई विथ ब्यान्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा, एभरेस्ट क्रु, महेश काफ्ले र भेकलगायत अन्य कलाकार तथा समूहहरूको समेत सहभागीता रहनेछ।    

साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एन्ड सुमन कोइरालाको प्रस्तुतिहरु रहनेछन्। महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू पनि प्रदर्शनीमा राखिनेछन्। त्यसैगरी महोत्सवमा महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहनेछन्।  

महोत्सव स्थलमा बुल ६० वटा स्टल रहनेछन्। दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।  

साथै सातै प्रदेशबाट विभिन्न जात जातिको सांस्कृतिक नृत्यहरु दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिनेछ। हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुंँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ।  

महोत्सवको सहप्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन्। महोत्सवको बैकिङ पाटर्नरमा एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेसनल लाइफ इन्स्योरेन्स, बेभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडिज आइसक्रिम, नेपाल डेरी रहेका छन्।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी पुनरुत्थान, नव उत्थानमा लैजाने प्रयासलाई निरन्तरता दिँदै महोत्सवले यो प्रयासमा निकै ठुलो सहयोग गर्ने आयोजकहरूको विश्वास छ।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्