Kathmandu Press

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना

काठमाडाैं, वैशाख १ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित प्रदेशको समृद्धि एवं विकासका लागि नयाँ वर्षले प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्षले सबैमा खुसी साटासाट गर्दै हर्षोल्लासका साथ सुख, शान्तिको कामना उनले व्यक्त गरेका छन्।  यसैबीच, मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्व विसुको शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्