पूर्वप्रधानमन्त्री खनालद्वारा नयाँ वर्षको शुभकामना

काठमाडाैं, वैशाख १ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
उनले जारी गरेको सन्देशमा देशविदेशमा रहेका सबै नेपालीको क्रियाशीलताले मुलुकलाई समृद्ध बनाउने र सुखी हुने चाहना पूरा हुने जनाइएको छ।
मुलुकमा संविधानको रक्षा गर्दै लोकतन्त्र बलियो बनाउन निर्वाचन महत्वपूर्ण हुने सन्देशमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











