Kathmandu Press

बस र बोलेरो ठोक्किँदा एकको मृत्यु, केही यात्रु घाइते

दमौली, असोज २६ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान बस र बोलेरो एक–आपसमा ठोक्किँएका छन्। दुर्घटन....

बस र बोलेरो ठोक्किँदा एकको मृत्यु, केही यात्रु घाइते
रासस

दमौली, असोज २६ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान बस र बोलेरो एक–आपसमा ठोक्किँएका छन्। दुर्घटनामा एकको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको यात्रुवाहक बस एक–आपसमा ठोक्किँएका हुन्। दुर्घटनामा बोलेरो चालक नवलपरासीको सरावल गाउँपालिका–१ का २१ वर्षीय रमेश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।

दुर्घटनामा घाइते भएका रमेशको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनीहरू स्थानीय अस्पतालमा उपचारपछि फर्किएका छन्।

तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठोक्किँदा खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। केरा बोकेर आउँदै गरेको बोलेरो बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा छ।

प्रकाशित मिति: १०:०८ बजे, आइतबार, असोज २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्