कांग्रेस सभापति देउवा र चिनियाँ राष्टपतिबीच भेटवार्ता
काठमाडौं, असोज २६ : कांग्रेस सभापति शेरबहादुर देउवा र शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ।
....
काठमाडौं, असोज २६ : कांग्रेस सभापति शेरबहादुर देउवा र शनिबार अपरान्ह काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ।
शनिबार साँझ होटल सोल्टीमा भेटवार्ता भएको हो। भेटपछि ट्विट गर्दै सभापति देउवाले राष्ट्रपति सीसँगको बैठक दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन् । राष्ट्रपति सीको भेटले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उनको भनाइछ।
सभापति देउवाले ट्विट गर्दै व्यापार, उर्जा र पूर्वाधारका क्षेत्रहरूमा दुई देशले एक अर्काबाट ठूलो फाइदा लिनसक्ने पनि उल्लेख गरेका छन् । देउवाले २३ वर्षअघि आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा तत्कालीन चिनियाँ राष्ट्रपति जिन ज्यामिनको नेपाल भ्रमणको पुर्नताजगी भएको पनि सीसँगको भेटमा उल्लेख गरेको बताएका छन् ।
उनले नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पुरानो सम्वन्ध यो भेटले थप मजवुत भएको पनि उल्लेख गरेका छन् ।






