Kathmandu Press

अर्थमन्त्रीद्वारा खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटबारे छलफल

काठमाडौं, वैशाख १ : आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था,...
अर्थमन्त्रीद्वारा खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटबारे छलफल

काठमाडौं, वैशाख १ : आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ।

मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अघि बढाउनका लागि सुझाव लिएको बताए। ‘सबैले राम्रो सुझाव दिनुभएको छ। यी सबै विषय समेट्ने मन छ, तर साधन, स्रोतले नभ्याउला की भन्ने लाग्छ,’ शर्माले भने, ‘यदपी, खेलकुद क्षेत्रले खुशी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ।’

उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए। छिटो प्रतिफल दिने (पुरस्कार जित्ने संभावना उच्च भएका खेलहरुका लागि पूर्वाधार निर्माणका योजना बनाएर अगाडि बढाउनुपर्ने बताए।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८, २९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको छ। एनले प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाए।

 

प्रकाशित मिति: ०७:०६ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्