Kathmandu Press

गोदावरी नपामा अनियमितता भएको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, चैत ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोदावरी...
गोदावरी नपामा अनियमितता भएको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, चैत ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । 

अख्तियारले गोदावरी नगरपालिकाको तत्कालिन प्रशासकिय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो माग दावी समेत गरेको छ । 

प्रकाशित मिति: १९:५४ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्