Kathmandu Press

हत्याकाे आरोपमा तीन जना पक्राउ

सप्तरी चैत ३० : हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको...
हत्याकाे आरोपमा तीन जना पक्राउ
Hardik ivf

सप्तरी चैत ३० : हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ। रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।

अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो। शवको पोष्टमार्टम चैत ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो। जिल्ला प्रहरी कार्यालयले चैत ७ गते उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिरहेको थियो।

शङ्कास्पद केही व्यक्तिलाई अभद्र व्यवहार र केहीलाई दैनिक हाजिरीमा राखेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले आज मात्र चार जनाविरुद्ध उजुरीसमेत दर्ता गरेको छ। जसमध्ये तीन जनालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति: १९:२९ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्