Kathmandu Press

वसन्त आरोहणकाे लागि चौहत्तर आरोही समूहलाई अनुमति

वसन्त आरोहणकाे लागि चौहत्तर आरोही समूहलाई अनुमति

काठमाडाैं, चैत ३० : सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ। सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन्।

सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन्। त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ।

Hardik ivf

अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ। मकालु (८,४६३ मिटर) आरोहणका लागि दुई, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई, ल्होत्से (८५१६ मिटर) मा एक, आरोही समूहले आरोहण अनुमति लिएका छन्।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ती हिमाल तथा पिक आरोहणबाट ३३ करोड बढी रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ।

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्