Kathmandu Press

नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उँचो छ : राष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छिन्। 

<....

आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ होटल सोल्टीमा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै उनले पञ्चशीलमा आधारित नेपाल–चीनबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताएकी हुन्।  

‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ,’ उनले भनिन्।

उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन्।

प्रकाशित मिति: ०१:१७ बजे, आइतबार, असोज २६, २०७६