Kathmandu Press

चुँदीलाई सप्तधामका रूपमा विकास गरिनुपर्छ : वरिष्ठ नेता पौडेल

दमाैली, चैत ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण...
चुँदीलाई सप्तधामका रूपमा विकास गरिनुपर्छ : वरिष्ठ नेता पौडेल

दमाैली, चैत ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नुपर्ने बताएका छन।

भानु साहित्य उद्यानको आज दमौलीमा आयोजित प्रारम्भिक गुरुयोजनाको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन। जानकीधाम, पशुपतिधाम, लुम्बिनी, मुक्तिनाथ धामलगायतका सातवटै प्रदेशको धाम त्यस क्षेत्रमा राखेर राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए।

Hardik ivf

आदिकवि भानुभक्तले लेखेको रामयणको भाषाले भावनात्मकरूपमा नेपालीलाई एकीकरण गराउन महत्वपूर्ण योगदान रहेको उनले बताए। पृथ्वीनारायण शाहले तरबारको भरमा नेपालको एकीकरण गरे त्यसरी नै भानुभक्तले रामयण लेखेर एकीकरणको सूत्रमा बाँधेको उनले बताए।

भाषागतरूपमा हिमालबाट तराईसम्म र मेचीबाट महाकालीसम्मका नेपालीलाई एउटै भाषामा कामकाज गर्ने राष्ट्रिय नेपाली भाषामा रुपान्तरण गरेको बताए।

उक्त क्षेत्रमा नेपाली भाषाको मात्रै नभई सबै जातजातिका भाषा, साहित्यको संरक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको छ। उनले भने, 'त्यस क्षेत्रलाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्छ।'

विश्वमा जहाँ नेपाली भए पनि एकपटक आउनैपर्ने मक्कामदिना जस्तो बनाइनुपर्ने उनले बताए। भाषा, साहित्य, संस्कृतिको संरक्षण, राष्ट्रियता र पर्यटन क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने लक्ष्य राखिएको छ।

भानु साहित्य उद्यानका सचिव वरिष्ठ इञ्जीनियर कर्णबहादुर रानाभाटले भानु जन्मथलो र भानुले स्पर्श गरेका स्थानलाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्ने योजनाअनुरुप गुरुयोजना बनाइएको बताए।

चुँदी रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्ने, भानुभक्तका कृतित्वलाई जीवन्तता दिन, भानुभक्तका कृति, योगदान एवं नेपाली भाषा, साहित्यको अध्ययनका लागि पुस्तकालय स्थापना गर्ने, भानुक्त बसेका, घुमेका र कवितामा वर्णन गरेका स्थानलाई जोड्ने गरी भानु परिक्रम मार्गको विकास गर्ने योजना रहेको उद्यानका अध्यक्ष जयराम आचार्यले जानकारी दिए।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्