Kathmandu Press

देशभर थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० : पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ३४९ जनाको पिसिआर परीक्षण गर्दा १५ जना...
देशभर थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० : पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

३ हजार ३४९ जनाको पिसिआर परीक्षण गर्दा १५ जना र १ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

सो अवधिमा कसैको पनि मृत्‍यु नभएको मन्त्रालयको भनाइ छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट ४९ जना निको भएका छन्।

हाल देशभर ५ सय २० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:२० बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्