Kathmandu Press

एमालेले स्थानीय निर्वाचन घोषणापत्रलाई भाेलि अन्तिम रुप दिन्छ : ज्ञवाली

काठमाडाैं, चैत ३० : एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिने भएको छ।पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको...
एमालेले स्थानीय निर्वाचन घोषणापत्रलाई भाेलि अन्तिम रुप दिन्छ : ज्ञवाली

काठमाडाैं, चैत ३० : एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिने भएको छ।

पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रुपमा छलफल भएको उनले बताए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल गठन गरेको थियो। घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ।

प्रकाशित मिति: १७:१० बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्