Kathmandu Press

नापी कार्यालय सुर्खेतद्वारा भू-अभिलेख सूचना व्यवस्था प्रणाली सुरु

सुर्खेत, चैत ३० : नापी कार्यालय सुर्खेतले भूअभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्य सुरु गरेको जनाएको छ। नेपालमा जग्गाको लिखत रजिस्ट्रेसन...
नापी कार्यालय सुर्खेतद्वारा भू-अभिलेख सूचना व्यवस्था प्रणाली सुरु

सुर्खेत, चैत ३० : नापी कार्यालय सुर्खेतले भूअभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्य सुरु गरेको जनाएको छ। 

नेपालमा जग्गाको लिखत रजिस्ट्रेसन प्रारम्भको एक सय वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा नापी कार्यालयले डिजिटल सेवा सुरुआत गरेको जनाएको हो।

Hardik ivf

नेपालमा पहिलोपटक १९७९ वैशाख १ गते जग्गा जमिन किनबेच र रजिस्ट्रेसन नीतिसँगै पोता रजिष्टे«शन गर्ने व्यवस्था सुरु भएको थियो। नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले सूचना प्रविधिमैत्री सेवा प्रवाह गर्न थालिए पनि लामो समयदेखि कर्मचारी अभावको समस्या भने कायमै रहेको बताए। 

उनका अनुसार हाल कार्यालयमा चारचार अमिन र सर्भेक्षक कार्यरत छन्। 'आठ जना अमिन र सर्भेक्षकले वीरेन्द्रनगरसहित पाँच स्थानीय तहको काम गर्नुपर्ने बाध्यता छ,' उनले भने, 'कर्मचारी अभावकै कारण भूमि आयोगले माग गरेबमोजिम कर्मचारी खटाउन सकिएन, कम्तीमा अमिन-सर्भेक्षक मात्रै १० जना आवश्यक पर्दछ।' 

नापी कार्यलयको कामप्रति सेवाग्राहीका गुनासाका सम्बन्धमा कुनै प्राविधिक क्षेत्रका विषयबाहेक प्रक्रिया पूरा गरी आउने सेवाग्राहीलाई कार्यालयले तोकिएकै समयमा सेवा प्रदान गर्दै आएको कार्यालय प्रमुख थापाको भनाइ छ।

नेपालमा जग्गाको लिखत रजिस्ट्रेसन प्रारम्भको सतवार्षिकीका अवसरमा आज कार्यालयले सेवाग्राहीलगायत सरोकारवालाको सहभागितामा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्