Kathmandu Press

जसपाबाट एमाले प्रवेश गरेका सरावगी वीरगञ्ज महानगरमा मेयरको उम्मेदवार 

काठमाडौं, चैत ३० : नेकपा एमालेले वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ। महानगर कमिटीको पूर्ण बैठकले महानगरको मेयरमा विजय सरावगीलाई अघि सार्ने निर्णय...
जसपाबाट एमाले प्रवेश गरेका सरावगी वीरगञ्ज महानगरमा मेयरको उम्मेदवार 

काठमाडौं, चैत ३० : नेकपा एमालेले वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ। महानगर कमिटीको पूर्ण बैठकले महानगरको मेयरमा विजय सरावगीलाई अघि सार्ने निर्णय गरेको छ। 

वीरगञ्ज महानगरका मेयर रहेका सरावगी फागुनमा एमाले प्रवेश गरेका थिए। यसअघि उनी जनता समाजवादी पार्टीका नेता थिए। तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।  

जसपाभित्रको आन्तरसंघर्ष र यसपटकको निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना कम देखेपछि सरावगी एमाले प्रवेश गरेका थिए। एमालेमा जानेबित्तिकै उनलाई मेयरका लागि सिफारिस गरिएको हो। 

बैठकमा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । उपाध्यक्ष महेश दासले समर्थन गरेको पार्टीले जनाएको छ। 


 


 

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्