नेप्सेमा ३०.२४ अंकको सुधार, कारोबार रकम भने घट्याे
काठमाडाैं, चैत ३० : सेयर बजारमा आज (बुधबार) ३० अंकको सुधार आएको छ तर कारोबार रकम भने घटेको छ।सेयरबजारमा आएको सुधारसँगै आज नेप्से...-1623555512882.jpg)
काठमाडाैं, चैत ३० : सेयर बजारमा आज (बुधबार) ३० अंकभन्दा बढीको सुधार आएको छ तर कारोबार रकम भने घटेको छ।
सेयरबजारमा आएको सुधारसँगै आज नेप्से सूचक ३०.२४ अंकले बढेर २४ सय १५.२४ अंक बिन्दुमा पुगेको छ। मंगलबार यो सूचक ३४.३८ अंकले घटेको थियो।
नेप्सेका अनुसार आज सेयर बजारमा २ सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। मंगलबार नेप्से सूचक घट्दा पनि बजारमा १ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज सबै समूहको सेयर बढेको छ। त्यसमा पनि निर्जीवन बिमा (१.१७ प्रतिशत), माइक्रोफाइनान्स (२.१४ प्रतिशत), बैंकिङ समूह (१.११ प्रतिशत), विकास बैंक समूहको (१.५३ प्रतिशत) जीवन बिमा (०.७३ प्रतिशत), उत्पादन, विकास बैंक र होटल तथा पर्यटन (१.५८ प्रतिशत), म्यानु एन्ड प्रो (१.१२ प्रतिशत) समूहको सेयर उच्च अंकले बढेको छ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। नेस्डो समृद्ध लघुवित्तको सेयर १० प्रतिशतले र आरएमडिसी लघुवित्तको सेयर झन्डै ९ प्रतिशतले बढेको छ।
दोहोरो अंकले बजार बढ्दा् पनि युनाइटेड मर्दी हाइड्रोपावरको सेयर भने २.८ प्रतिशतले घटेको छ।











