नेपाल परिवार दलले पनि सूर्य चिह्नबाट चुनाव लड्ने
काठमाडाैं, चैत ३० : नेपाल परिवार दलले पनि एमालेसँग मिलेर सूर्य चिह्नबाट चुनाव लड्ने भएकाे छ।एमालेसँग स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएपछि परिवार दल सूर्य...
काठमाडाैं, चैत ३० : नेपाल परिवार दलले पनि एमालेसँग मिलेर सूर्य चिह्नबाट चुनाव लड्ने भएकाे छ।
एमालेसँग स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएपछि परिवार दल सूर्य चिह्न लिएर चुनाव उठ्ने भएको हाे।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल सहमतिपत्रमा आज (बुधबार) हस्ताक्षर भएको हो।
एमाले पार्टी कार्यालय थापाथलीमा आज (बुधबार) देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको छ।
परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउने र परिवार दलका उम्मेदवारलाई पनि एमालेले सहयोग गर्ने भएको छ।
एमाले र परिवार दलका जिल्ला कमिटीले आपसमा छलफल गरेर तालमेलका सम्बन्धमा निर्णय लिने सहमतिपत्रमा उल्लेख छ।
आजै स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति भएको छ। सहमतिअनुसार राप्रपाका उम्मेदवार सूर्य चिह्न लिएर चुनाव उठ्ने भएका छन्।












