नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउन खेलकुदमन्त्रीको प्रस्ताव
काठमाडौं, चैत ३० : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालका लागि अर्जेन्टनाका राजदूत डा. ह्युगो जाभियर गोवीसमक्ष नेपाल र अर्जेन्टिनाबीच मैत्रीपुर्ण फुटबल खेलाउने प्रस्ताव...
काठमाडौं, चैत ३० : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालका लागि अर्जेन्टनाका राजदूत डा. ह्युगो जाभियर गोवीसमक्ष नेपाल र अर्जेन्टिनाबीच मैत्रीपुर्ण फुटबल खेलाउने प्रस्ताव गरेका छन्।
मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गहतराजले राजदूतसमक्ष त्यस्तो प्रस्ताव गरेका हुन्। उनले राजदूतमार्फत अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।
मन्त्री गहतराजको प्रस्तावमा राजदूत गोवीपनि सकारात्मक देखिएको बताइएको छ। यसबाट दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेका छन्।
भेटमा दुई देशबीचको पारस्पारिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासबारे छलफल गरेका थिए ।
प्रकाशित मिति: १४:४३ बजे, बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











