Kathmandu Press

राप्रपा नेपालले सूर्य चिह्नबाट चुनाव लड्ने

काठमाडाैं, चैत ३० : स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति भएको छ। एमाले पार्टी कार्यालय थापाथलीमा आज (बुधबार) दुई पार्टीका...
राप्रपा नेपालले सूर्य चिह्नबाट चुनाव लड्ने

काठमाडाैं, चैत ३० : स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति भएको छ। 

एमाले पार्टी कार्यालय थापाथलीमा आज (बुधबार) दुई पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा तालमेल गर्ने सहमतिमा हस्ताक्षर भएको हो। 

हस्ताक्षर कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतको उपस्थिति थियो।

सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकाुस विभाग प्रमुख देवेन्द्र नेपाल र राप्रपा नेपालका तर्फबाट सथानीय निकाय परिचालन विभाग प्रमुख सुशील कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ। 

यस्ताे छ सहमति

१. देशभरिका तालमेल संभव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेद्वार उठाउने।

२. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेद्वार नभएका ठाउँहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वारहरुलाई सघाउने। नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरुलाई सघाउने।

३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने। केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने।

४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरु निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने।

५‍‍‍‍‍‍‍‍‍. हस्ताक्षरकर्ताहरुले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्