चिनियाँ राष्ट्रपति सी काठमाडौंमा अवतरण
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा अवतरण गरेका छन्।
भारतको चेन्नाइबाट दिउँसो २ वजे काठमाडौंका उडेको चिनियाँ राष्ट्र....
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा अवतरण गरेका छन्।
भारतको चेन्नाइबाट दिउँसो २ वजे काठमाडौंका उडेको चिनियाँ राष्ट्रपतिको विमान एयर चाईना बोइङ ७४७–८९ एल विमान ४ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमा पुगेका छन्। सीलाई सेनाको विषेश टोलीले विमानस्थलकै अतिविशिष्ट कक्षमा सलामी दिनेछ।
उनी विमानस्थलबाट सिधैँ हाटेल सोल्टी जानेछन्। अहिले साँझ ६ः३० बजे राष्ट्रपति भण्डारीसँग औपचारिक भेटवार्ताका लागि शीतल निवास जाने छन्।
अहिले विमानस्थलदेखि सिनामंगल, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकुदेखि कालिमाटीसम्मको रुट खाली गराइएको छ। त्यसका साथै राष्ट्रपति भवन शीतल निवासदेखि लाजिम्पाट, जमल, हुँदै सुन्धारासम्मको रुटपनि पूर्णरुपमा खाली गराइएको छ।
चिनियाँ राष्ट्रपति सी दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका हुन्। उनी आइतबार अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम छ।






