Kathmandu Press

माओवादी केन्द्रले चुनावी पोस्टरबाट कुलमानको तस्बिर हटायो 

काठमाडौं, चैत ३० : नेकपा माओवादी केन्द्रले चुनावी पोस्टरबाट कुलमान घिसिङको तस्बिर हटाएको छ। बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट  ‘लोडसेडिङ...
माओवादी केन्द्रले चुनावी पोस्टरबाट कुलमानको तस्बिर हटायो 

काठमाडौं, चैत ३० : नेकपा माओवादी केन्द्रले चुनावी पोस्टरबाट कुलमान घिसिङको तस्बिर हटाएको छ। 

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट  ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको’ क्याप्सन राखि प्रचण्ड, जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिरसहितको पोस्टर सार्वजनिक भएको थियो। 

अराजनीतिक व्यक्तिलाई चुनावी पोस्टरमा प्रयोग गरिएको भन्दै आलोचना भएपछि माओवादी केन्द्रले कुलमानको तस्बिर हटाएर नयाँ पोस्टर सार्वजनिक गरेको छ। नयाँ पोस्टरबाट जनार्दन शर्माको तस्बिर पनि हटाइएको छ। 

कुलमान आफैले पनि आफ्नो तस्बिर माओवादी केन्द्रको चुनाव प्रसारमा प्रयोग गरिएप्रति विमती जनाएका थिए। निर्वाचन आचारसंहिता अनुसार पनि सरकारी कर्मचारीलाई चुनावी प्रचारमा प्रयोग गर्न नपाइने उल्लेख छ । 

प्रचण्डको फेसबुक पेजमा हाल सम्पादित पोस्टर सार्वजनिक गरिएको छ। उनको फेसबुक पेजबाट कुलमानसहितको पोस्टर हटाइएपनि अन्य नेताहरुले भने कुलमानसहितको पोस्टर नै सेयर गरेका छन्। कुलमानलाई प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा माओवादी केन्द्रको चर्को आलोचना सुरु भएको छ। 
 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्