Kathmandu Press

ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

काठमाडौं, चैत ३० : ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ र सातजना घाइते भएका छन्।मृत्यु हुनेमा सोलुखुम्बुमा कार्यरत प्रहरी...
ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

काठमाडौं, चैत ३० : ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ र सातजना घाइते भएका छन्।

मृत्यु हुनेमा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको रहेको जनाइएको छ। 

सोलुखुम्बुबाट विराटनगरतर्फ गइरहेको बा१७च १०९४ नम्बरको जिप आज (बुधबार) ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइते हुने प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

सडकबाट झरेको जिप भिरमा अड्किएको प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्