Kathmandu Press

करार अवधि थप गरिदिने भन्दै ३ लाख घुस लिने प्रधानाध्यापक अख्तियारकाे नियन्त्रणमा

करार अवधि थप गरिदिने भन्दै ३ लाख घुस लिने प्रधानाध्यापक अख्तियारकाे नियन्त्रणमा

काठमाडाैं, चैत ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार अवधि थप गरिदिने भन्दै ३ लाख घुस लिएकाे आरोपमा एक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएकाे छ। 

नियन्त्रणमा पर्नेमा रौतहटको जोकहा घिउरासिथत विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेशकुमार ठाकुर रहेका छन्।

नियन्त्रणमा लिइएका अर्का एकजना दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झा पनि रहेकाे जनाइएकाे छ।

बुधबार अख्तियारले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्न सेवाग्राहीसँग ३ लाख घुस लिइसकेको अवस्थामा यमुनामाई गाउँपालिका–४ सरुअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामकुमार भण्डारीले जानकारी दिए।

ठाकुर र झामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्