Kathmandu Press

उम्मेदवारी दर्ताअघि राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं, चैत ३० : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायम गर्न माग गर्दै सर्वोच्च...
उम्मेदवारी दर्ताअघि राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं, चैत ३० : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।

निर्वाचन आयोगले जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा गरेको थियो। तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त व्यवस्था हटाइनुपर्ने भन्दै चैत ७ गते  सर्वोच्चमा रिट दिएका थिए।

सोही रिटको चैत ८ गते सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको उक्त बुँदा कार्यान्वयन नगर्ननगराउन अन्तरिम आदेश दिएको थियो। तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले मंगलबार महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो।

उक्त निवेदनमाथि आज (बुधबार) सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा रक्त रिट परेको छ।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्