Kathmandu Press

‘निर्वाचन सम्पन्न गर्न स्रोतसाधनको कमी रहँदैन’

‘निर्वाचन सम्पन्न गर्न स्रोतसाधनको कमी रहँदैन’

बाँके, चैत ३० : निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताएकी छन्। 

नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुभव र कार्यशैलीले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका बताइन्।  उनले भने, ‘निर्वाचनमा खटिएका सबै कर्मचारीको बुझाइ साझा र एकरुपता हुनुपर्छ। स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कुनै पनि कुराको कमी नराखीकन गर्ने दायित्व र जिम्मेवारी रहेको छ,’ उनले भनिन्, ‘निर्वाचनको व्यवस्थापनको कुरा गर्दा निर्वाचनको दिनमात्रै नभएर निर्वाचनको समग्र मतदान केन्द्र, मतदानस्थल, मतगणना, जनशक्ति व्यवस्थापनलगायतका आममतदाताले सहजरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने जिम्मेवारी र दायित्व पनि छ।’

Hardik ivf

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्दै सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वमा एकरुपता लिन कार्यक्रमले सहयोग पु¥याउने आयोगको अपेक्षा रहेको उनको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली जिल्लाको १० जिल्ला र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्ला गरी १३ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, १३ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको जानकारी दिइन्। 

उनले निर्वाचन सम्पन्न गर्न धेरै कुराको विचार गर्नुपर्ने अवस्था आउने भएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्ने बताइन् । ‘आफूले मात्रै राम्रो गरेर हुँदैन अरुले पनि राम्रो गरिदिनुपर्छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत चुस्त दुरुस्त हुनुपर्दछ,’ उनले भनिन्, ‘मतदान केन्द्रमा खटिएको एउटा कर्मचारीलाई गर्ने काम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग पनि जोडिएर आउने भएकाले सबैलाई उत्तिकै जिम्मेवार र जागरुक बनाउनु जरुरी हुन्छ।’ 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्