स्रोत नखुलेको तीन लाख भारुसहित विराटनगरबाट चारजना पक्राउ
काठमाडौं, चैत ३० : बिराटनगरबाट भारतीय मुद्रासहित चारजना पक्राउ परेका छन्। भारतबाट नेपाल आउँदै गरेका दुई भारतीय र दुई नेपालीलाई स्रोत नखुलेको तीन लाख ८...
काठमाडौं, चैत ३० : बिराटनगरबाट भारतीय मुद्रासहित चारजना पक्राउ परेका छन्।
भारतबाट नेपाल आउँदै गरेका दुई भारतीय र दुई नेपालीलाई स्रोत नखुलेको तीन लाख ८ हजार ५०० भारतीय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा भारत बिहारका ३७ वर्षीय अभिनास मुखिया, सोही स्थानका विष्णुदेव मुखिया तथा सुनसरी वर्जु गाउँपालिका–१ का ३८ वर्षीय सुरज ऋषिदेव र सोही स्थानका शिवकुमारी ऋषिदेव रहेका छन्।
सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध रकम फेला पारेको हो। पक्राउ परेका चारैजनालाई रकम सहित आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको मोरङ प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १२:५१ बजे, बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












