सशस्त्रकाे आइजिपीमा पुष्पराम केसी नियुक्त
नवनियुक्तनवनियुक्त महानिरीक्षक केसीको कार्यकाल २१ दिन मात्र हुनेछ। महानिरीक्षक केसीको कार्यकाल २१ दिन मात्र हुनेछ।
काठमाडौं, चैत ३० : सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) मा पुष्पराम केसीलाई नियुक्त गरिएको छ। सरकारले वरीयताका आधारमा उनलाई महानिरीक्षकमा नियुक्त गरेको हो।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको जनाइएको छ।
नयाँ आइजीपीको प्रतिस्पर्धामा रामशरण पौडेल पनि थिए। केसी र पौडेल दुवै खनालकै ब्याची हुन्।
नवनियुक्त महानिरीक्षक केसीको कार्यकाल तीन साता मात्र हुनेछ। उमेर हदका कारण उनले १९ वैशाखमा उनले अवकाश पाउनेछन्।
उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए ।
प्रकाशित मिति: १२:४५ बजे, बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











