Kathmandu Press

नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने

काठमाडौं, चैत ३० : नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अस्ट्रेलियाको...
नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने

काठमाडौं, चैत ३० : नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।

सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ ।

अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन् । तर, भारतसँग सीमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिसबाजी गर्न लागिएको उनले बताए ।

‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् र उनीहरुको शारीरिक बनोट पनि लगभग उस्तै हुन्छ । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ मल्लले भने, ‘त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ, चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।’
दसैं, तिहार,फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छस यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लको अनुभव छ । तर, नयाँ वर्ष भने भारतमा इसवी संवत्अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत्अनुसार वैशाखमा मनाउने गरेको छ ।

चीन, इरानलगायत छुट्टै क्यालेन्डर मान्ने देशहरूले नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन् । त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरूको छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ ।

वैशाख १ गते क्यानबेरास्थित लेनक्स गार्डेन्समा स्थानीय समयानुसार राती ९ बजे आतिसबाजी गरिने सनातन समाज अस्ट्रेलियाले जनाएको छ ।

प्रकाशित मिति: १२:२९ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्