Kathmandu Press

मन्त्री आलेद्वारा हिमाल आरोही लामाकाे बिदाइ

दमौली, चैत ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रेकाे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ...
मन्त्री आलेद्वारा हिमाल आरोही लामाकाे बिदाइ

दमौली, चैत ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रेकाे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन्।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए। मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए।

१६ वर्षघि हिमाल आरोहण थालेकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४  हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन्।

उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन्।

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्