Kathmandu Press

चिनियाँ राष्ट्रपतिको जहाज अवतरण गराउन आकाश खाली गराइयो

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको जहाज काठमाडौं विमानस्थलमा अवतरण गराउन आकाश खाली गराइएको छ।

भारतको चेन्नइबाट नेपालका ....

चिनियाँ राष्ट्रपतिको जहाज अवतरण गराउन आकाश खाली गराइयो

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको जहाज काठमाडौं विमानस्थलमा अवतरण गराउन आकाश खाली गराइएको छ।

भारतको चेन्नइबाट नेपालका लागि चिनियाँ राष्ट्रपति सी सवार जहाज उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको आकाश खाली गराएको हो। चिनियाँ राष्ट्रपति सी दुई वटा जेट विमान बोइङ ७४७–८ काठमाडौं अवतरण गर्दैछन्। यतिवेला नेपाली आकाशमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका कुनै पनि जहाज रहेका छैनन्। 

विमानस्थलले कार्यालयले शुक्रबार नै जहाज उडान/अवतरणको समयमा शनिबार र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले नोटिस टू एयरमेन (नोटाम) जारी गरेको थियो। 

विमानस्थल २ः ५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवसायिक उडान स्थगन गरिएको छ। त्यसैगरी, चिनियाँ राष्ट्रपति फर्किंदा पनि आइतबार बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुनेछ। 

भीभीआईपी विमान आउने समयमा दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान गर्न प्रतिवन्ध लगाइने भएको हो। सी शनिबार भारतबाट ४ : ३० बजे विमानस्थलमा  अवतरण गर्ने तालिका रहेकोको भएपनि केही ढिला हुने विमानस्थल कार्यालयले जनाएको छ। 

जसका कारण विमानस्थलमा भने २४ घण्टा उडान÷अवतरण प्रभावित हुनेछ। विमानस्थलमा उडान प्रभावित हुने भएपछि दुई दिन २४ सैं घण्टा विमानस्थल सञ्चालन गराइँदै छ।  

धेरै उडान प्रभावित हुने भएपछि हाल २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २४ घण्टा खुलाउन लागिएको हो। नेपाल उडान गर्ने सबै एयरलाइन्सको उडान तालिका समेत सारिएको छ। एयरलाइन्सहरुले नयाँ उडान तालिका समेत सार्वजनिक गरिसकेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटकमा ९ वटा मात्रै ठूला जहाज पार्किङ गर्न सक्ने छन्। चिनियाँ राष्ट्रपति सीको जेट विमानले ६ वटा जहाजको पाकिङको स्थान लिनेछ। 

दुई दिन दुई वटा मात्रै पार्किङ–वेमा जहाज राखेर यात्रु ओराल्ने र चढाउनुपर्ने भनिएको छ। जसका कारण अन्तर्राष्ट्रिय उडानमा असर गर्नेछ।  काठमाडौंमा दैनिक ८० वटा अन्तर्राष्ट्रिय उडान÷अवतरण र २ सय ८० वटा आन्तरिक उडान/अवतरण हुने गरेको छ। 
 

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, असोज २५, २०७६