Kathmandu Press

कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा 

काठमाडौं, चैत ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले पार्टी परित्याग गरेकी छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरीसमेत रहेकी प्रतिष्ठाले...
कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा 

काठमाडौं, चैत ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले पार्टी परित्याग गरेकी छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरीसमेत रहेकी प्रतिष्ठाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्। 

उनी गत महाधिवेशनबाट राप्रपाको केन्द्रीय सदस्य चुनिएकी थिइन् । केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी उनले राप्रपाको नेतृत्वमा सैद्धान्तिक र नैतिक विचलन देखिएको कारण भारी मनका साथ पार्टी छाड्नुपर्ने अवस्थामा आइपुगेको बताएकी छन्। 

महाधिवेशनबाट राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वाचित भएलगत्तै त्यसअघि अध्यक्ष रहेका कमल थापाले पनि पार्टी परित्याग गरेका थिए । हाल उनी राप्रपा ने्पालका अध्यक्ष छन्। 

प्रकाशित मिति: १०:०८ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्