यातायात व्यवसायी महासंघको अध्यक्षमा विजय स्वाँर
काठमाडौं, चैत ३० : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, पुन्यप्रसाद (सरोज) सिटौला र ऐनकुमार...
काठमाडौं, चैत ३० : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, पुन्यप्रसाद (सरोज) सिटौला र ऐनकुमार शाही निर्वाचित भएका छन्। सिटौलाले पाँच सय ५५ तथा केसी र शाहीले समान चार सय ३२ मत प्राप्त गरे।
महासङ्घको छैटौं महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो। यसअघि उनी वरिष्ठ उपाध्यक्ष रहेका थिए।
त्यस्तै, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल निर्वाचित भएका छन्। यसैगरी, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएका छन्।
ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागमती प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध निर्वाचित भएका छन्।
प्रकाशित मिति: ०८:३९ बजे, बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











