Kathmandu Press

आईपीएलमा चेन्नई सुपर किङ्सको पहिलो जित

काठमाडौं, चैत ३० : ईन्डियन प्रिमियर लिग (आईपीएल) को यस संस्करणमा चेन्नई सुपर किङ्सले पहिलो जित हासिल गरेको छ।गएराति भएको खेलमा रोयल च्यालेन्जर्स...
आईपीएलमा चेन्नई सुपर किङ्सको पहिलो जित

काठमाडौं, चैत ३० : ईन्डियन प्रिमियर लिग (आईपीएल) को यस संस्करणमा चेन्नई सुपर किङ्सले पहिलो जित हासिल गरेको छ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै चेन्नईले पाँचौं खेलमा जित हासिल गरेको हो। यसअघिका चार खेल लगातार हारेको थियो।

Hardik ivf

पहिले ब्याटिङ गरेको चेन्नईले चार विकेटको क्षतिमा २१६ रन बनाएको थियो। चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेले। उनले ४६ बलमा ९५ रन बनाए भने रोविन उथप्पाले ८८ रनको जोडे।

चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा १९३ रनमै समेटियो। बेंग्लोरका लागि सहबाज अहमेदले सर्वाधिक ४१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

आज साँझ मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्नेछन्।

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्