Kathmandu Press

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा, चैत ३०: झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ।प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर...
भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा, चैत ३०: झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ।

प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गएराति भारतबाट नेपाल भित्रँदै गरेको आर जे १८ जी वी ३७२१ नंको कन्टेनरलाई जाँचका क्रममा भन्सार गरेको कागजात नभेटिएपछि कन्टेनर चालक शिशराम गोर्सीसहित सवारीलाई नियन्त्रणमा लिइएको हो।

कन्टेनरमा २० लाख मूल्य बराबरको बिस्कुट रहेको र सवारीको मूल्य २५ लाख गरी ४५ लाख मूल्यसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्