Kathmandu Press

जुम्लामा भ्यान दुर्घटना, १० जना घाइते

जुम्लामा भ्यान दुर्घटना, १० जना घाइते

जुम्ला, चैत २९ : जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ। दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन्।

Hardik ivf

घाइते हुनेमा हिमा गाउँपालिका-४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका-७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका-२ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा रहेका छन्।

त्यस्तै  हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका-३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका-२ का ३६ वर्षीय जीवनप्रसाद तिवारी रहेका छन्।

त्यस्तै सिजागाउँपालिका-३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका-४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ ।  

त्यस्तै तिलागाउँपालिका-८ का ३० वर्षीय धनलाल बस्नेत र तिला-१ का ५८ वर्षीय चाउरे बुढा रहेका छन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए। प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ।
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले  घाइते १२ जना मध्य ४जनाको अवस्था  गम्भीर रहेको छ। अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ।

केही यात्रुलाई गम्भीर चोट लागेको छ। उनीहरूको एक्सरे गर्ने काम भइरहेको छ। तीब्र गतिको भ्यान सिँधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए।

प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्