Kathmandu Press

एमालेबाट हेटौंडाको मेयर र उपमेयरमा तीन/तीन जनाको नाम सिफारिस

हेटौंडा, चैत २९ : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३/३ जनाको नाम सिफारिस गरेको छ।मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले...
एमालेबाट हेटौंडाको मेयर र उपमेयरमा तीन/तीन जनाको नाम सिफारिस

हेटौंडा, चैत २९ : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३/३ जनाको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले सर्वसहमतिमा उम्मेदवार टुंगो लगाउन नसकेपछि ३/३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।

Hardik ivf

मेयर पदमा अहिलेका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो। यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएको छ।

बुधबार जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए। यदि जिल्लाबाट पनि उम्मेदवार टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश कमिटीलाई सिफारिस गरिने उनले बताए।

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्