Kathmandu Press

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार

काठमाडाैं, चैत २९ : सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ।पार्टी केन्द्रीय...
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार

काठमाडाैं, चैत २९ : सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए।

कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि निर्देशनअनुसार अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्