Kathmandu Press

स्थानीय तहमा तालमेलको रिपोर्ट पठाउने म्याद वैशाख ४ गतेसम्म थप 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गर्ने निर्णय गरेको हो ।
स्थानीय तहमा तालमेलको रिपोर्ट पठाउने म्याद वैशाख ४ गतेसम्म थप 

काठमाडौं, चैत २९ : सत्ता गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनका लागि तालमेलको रिपोर्ट पठाउने म्याद वैशाख ४ सम्म थप गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको बताईएको छ ।

स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो । 

प्रकाशित मिति: १९:३१ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्