Kathmandu Press

गृहमन्त्री खाँणसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडाैं, चैत २९ : गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन।गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको...
गृहमन्त्री खाँणसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट
Hardik ivf

काठमाडाैं, चैत २९ : गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन।

गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ। भेटमा काठमाडौँबाट अष्ट्रियाको राजधानी भियनामा सीधा उडान गर्नेबारे कुराकानी भएको थियो। गृहमन्त्री खाँणले काठमाडौँ–भियना उडान भएमा दुवै मुलुकलाई फाइदा हुने बताए। राजदूत वाइजरले उडानबारे सरकारसँग पहल गर्ने बताए।

नेपाल र अष्ट्रियाबीच सन् १९५९ अगस्ट १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। अष्ट्रियाले विशेष गरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ। अष्ट्रियाले पाटन सङ्ग्रहालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको प्रवद्र्धनलगायतमा सहयोग गरेको छ।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्