निर्वाचन सार्ने षड्यन्त्रको शिकार नबन्न विप्लवलाई ओलीको आग्रह
काठमाडौं, चैत २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको शिकार नबन्न विप्लवलाई आग्रह गरेका छन्। मंगलबार नेकपा एमाले...
काठमाडौं, चैत २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको शिकार नबन्न विप्लवलाई आग्रह गरेका छन्।
मंगलबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले सिद्धिपुरमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लवलाई देखाएर सत्ता गठबन्धनले निर्वाचन सार्ने षडयन्त्र गरिरहेको भन्दै गठबन्धनको शिकार नबन्न विप्लवलाई आग्रह गरेका हुन्।
विप्लबलाई चुनावमा सहभागी गराउने नाममा वैशाख ३० गतेको निर्वाचन सार्ने बहाना मान्य नहुने उनको भनाई छ । उनले स्थानीय निर्वाचनमा भाग लिने भए स्वतन्त्र रुपमा लड्न वा सुर्य चिन्ह लिएर लड्न विप्लवलाई सुझाव दिए। निर्वाचन सार्न प्रधानमन्त्री देखि प्रचण्ड र माधव कुमार नेपाल लागिपरेको उहाले आरोप लगाए।
उनले माओवादी केन्द्रको भाँडो रित्तिसकेको र बिर्को मात्र रहेको भन्दै बिर्कोलाई केन्द्र मान्ने गरेको आरोप लगाए । त्यस्तै ओलीले माओवादी केन्द्र र माधव कुमार नेपाल कांग्रेसको पुच्छरमात्रै भएको बताए। एमाले सरकारले बिकासका धेरै काम गरेको र वर्तमान सरकारले कुनै काम गर्न नसकेको उनले बताए। उनले ४० करोड गैरकानूनी पैसामा कुरा नमिल्दा गभर्नरलाई कारवाही गरेको तर्क गरे।
ओलीले देश बिकास गर्ने पार्टी एमाले नै रहेको भन्दै एमालेमा प्रवेश गर्नेको लहर नै चलेको दावी गरे। अहिले बनेका ठूला बाटोदेखि पूर्वाधार निर्माणका कार्य एमाले सरकारले नै गरेको उनले बताए। कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो।











